काठमाडौं ।
प्रशिक्षण तथा पार्टी प्रवेश कार्यकमका लागि झापा पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई स्थानीयले गिरिबन्धु टी स्टेटको ५१ बिघा जग्गाको विषयमा ज्ञापनपत्र बुझाएका छन ।
झापामा रहेका पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आइतबार स्थानीयले ज्ञापनपत्र बुझाएका हुन । ‘मर्निङ वाक’मा निस्किएका प्रचण्डलाई स्थानीयले ज्ञापनपत्र बुझाएपछि उनले स्थानीयलाई न्याय दिन आफू लागिपर्ने बताएका छन ।
साथै, उनले यस्तै खालको बेथितीको विरोधमा लाग्दा आफू नेतृत्वको सरकार ढलेको जिकिरसमेत गरेका थिए ।














