इन्जिनियर एसोसिएसन गण्डकीको अध्यक्षमा प्यानलसहित जिसी निर्वाचित

केन्द्रभाग मिडिया

पोखरा ।
नेपाल इन्जिनियर एसोसिएसन गण्डकीको अध्यक्षमा प्यानलसहित नेपाली कांग्रेस निकट सिडेनका सन्तोष जिसी निर्वाचित भएका छन् । दुई दिनसम्म चलेको अधिवेशनमा जिसीले ५ सय ९२ मत ल्याउँदा उनका प्रतिस्पर्धी महेन्द्रबहादुर गोदारले ४ सय ७६ मत ल्याएका हुन् ।

जिसी कांग्रेस निकट सिडेनका तर्फबाट चुनावी मैदानमा थिए । भने गोदार एमाले निकट प्रोग्रेसिभका तर्फबाट उम्मेदवार बनेका हुन् । कांग्रेस निकट सिडेनबाट उम्मेदवार बनेका सबै निर्वाचित भएका छन् । प्रोग्रसिभका गोदारलाई नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी निकट इन्जिनियरहरुको समेत साथ थियो ।

केन्द्रीय सदस्यमा सिडेनका अबित केसी विजयी भए । उनले ६०६ मत पाउँदा प्रतिस्पर्धी रामचन्द्र पोखरेलले ४३९ मत पाए । प्रदेशको उपसभापतिमा विशाल थापा ६६८ मत ल्याएर विजयी भए भने प्रतिस्पर्धी कृष्ण रिजालले ३९० मत ल्याए ।

सचिवमा निरोज लामिछाने ६०६ मत सहित विजयी भए भने प्रतिस्पर्धी आनन्द भट्टराईले ४४२ मत पाए । सहसचिवमा पनि सिडेनकै मञ्जु शिलाकार ५२४ मत ल्याएर विजयी भइन् । उनका प्रतिस्पर्धी अस्मिता खनालले ५२१ मत पाइन् ।

कोषाध्यक्षमा विश्वास आचार्य निर्वाचित निर्वाचित भएका छन् भने उनीसँग सोवित श्रेष्ठ पराजित भइन् । सदस्यहरुमा महेन्द्र पौडेल, सक्षम अधिकारी, सञ्जयराज तिमिल्सिना, रोचक क्षेत्री, धु्रव रेग्मी, निरोज घिमिरे, लालबहादुर खत्री, मनोज गिरी, रमेश भट्ट र सुमन शर्मा विजयी भए ।

  • ३० भाद्र २०८१, आईतवार ०७:१० प्रकाशित