आदर्श सहकारीको सदस्य प्रशिक्षण

केन्द्रभाग मिडिया

पोखरा  ।

आदर्श बचत तथा ऋण सहकारी संस्था लि . पोखरा – १३ आर्वाको आयोजनामा शनिवार आर्वामा सहकारीका अगुवा शेयर सदस्यहरुका लागी एक दिवसीय सहकारी प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
    सहकारी प्रशिक्षक तथा पोखरा महानगर पालिका सहकारी समिति सदस्य नारायणप्रसाद आचार्यले  सहकारीका विविध विषयहरुमा सहभागी हरुलाई प्रशिक्षण दिएका थिए।
  प्रशिक्षणका क्रममा आचार्यले सहकारीको विश्व ईतिहास , नेपालका सहकारी र तिनको स्थापना देखि वर्तमान अवस्थाको बारेमा सहजीकरण गरेका थिए । आचार्यले सहकारी सञ्चालक र कर्मचारी बिचको अन्तर सम्बन्ध, सफल कर्मचारीका गुणहरू , तीन स्व को सुत्र, साकोस सन्चालनको आधारशिला , वित्तीय सुरक्षा तथा वित्तिय पहुँचका बिषयमा जानकारी दिए।
  उनले सफल सहकारी सन्चालनको कार्यविधि , सफलताका सुत्र, लगायत शेयर सदस्यहरुको भूमिका , सहकारीमा जनताको सहभागिता सहित सहकारीका बिभिन्न कोषहरूको जानकारी एवं एउटा सफल सहकारी बनाउन चाहिने नियम कानुन ,शेयर सदस्यहरुले खेल्नु पर्ने भूमिकाका बृहत् बिषयमा सहभागीहरुलाई सरल ढंगबाट प्रशिक्षण दिएका हुन्।
  सहकारीले सदस्य शिक्षा कार्यक्रम अन्तर्गत हरेक बर्ष आफ्ना शेयर सदस्यहरुलाई  यस प्रकारका प्रशिक्षण अन्तरक्रिया गर्दै आएको छ। कार्यक्रममा झण्डै पचास जना अगुवा शेयर सदस्यहरुको सहभागिता रहेको थियो।
   संस्थाका अध्यक्ष राजेन्द्रप्रसाद बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सम्योजन  शिक्षा उपसमिति संयोजक घनश्याम बराल तथा कार्यक्रमको सञ्चालन सचिव सुर्यप्रसाद बरालले गरेका थिए।
  • २९ भाद्र २०८१, शनिबार २१:३८ प्रकाशित