माछापुच्छ्रे गा.पामा बाल संवाद कार्यक्रम सम्पन्न

केन्द्रभाग मिडिया

पोखरा ।
माछापुच्छ्रे गाउँपालिका महिला तथा बालवालिका शाखाले ६० औं राष्ट्रिय बाल दिवस २०८१ को अवसर पारी बाल संवाद कार्यक्रम सम्पन्न भएको छ । संवाद कार्यक्रममा माछापुच्छ्रे गाउँपालिका अन्तर्गतका सम्पुर्ण सामुदायिक विद्मालयका विद्मार्थीहरुको प्रतिनिधिमुलक सहभागिता रहेको थियो । सहभागि विद्मार्थीहरुले आधारभुत आवश्यकताहरु माया, ममता, संरक्षण, स्वस्थ वातावरण,उचित पोषण, शिक्षा, शिक्षक र अध्यन्रत विद्मालयको भौतिक अवस्था र कठिनाई साथै विकासका अवसरमा पाउनु पर्ने आफ्ना नैसर्गिक अधिकारको विषयमा भोग्नु परेका समस्यको उठान संगै स्थानीय निकायबाट समाधानको लागि अनुरोध गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका उपाध्यक्ष सिता अधिकारीले संवाद कार्यक्रममा उठेका जटिल समस्यालाई प्राथामिकता आधारमा स्थानीय सरकाले आवस्यक सहजिकरण गर्ने प्रतिवद्धता व्यक्त गरे । बालबालिकाका निम्ति गरिने प्रत्येक कार्यहरु बाल आधारभूत सिद्धान्त विपरी हुन नहुनेमा जोड दिए । कार्यक्रमबाट माछापुच्छे गाउँपालिकाका बिद्यालयमा भए गरेका कार्यहरु बालअधिकारको पक्षमा छन् कि छैनन् भन्ने नजिकबाट बुझने सहज भएको भन्दै आगामि दिनमा यस्ता कार्यक्रमलाई पालिकाले प्राथामिकताका आधारमा निरन्तरता दिने समेत बताए ।

गाउँपालिका प्रमुख प्रसाशकीय अधिकृत गोपीकृण्ण अर्याल ,शिक्षा शाखा सहायक विष्णु प्रसाद अधिकारी ,आर्थिक विकास समिति संयोजक एवं वडा न.८ का अध्यक्ष राम ब. गुरुङले सुभकामना व्यक्त गरेका थिए । सामाजिक विकास समिति संयोजक एवं वडा न. ९ का वडा अध्यक्ष हरि ब. क्षेत्री, वडा न. ४ का अध्यक्ष मधुसुधन अधिकारी, बाल अधिकार समिति सदस्य गोविन्द अधिकारी,सुमिता भण्डारीको विषेश उपस्थिति रहेको थियो ।

कार्यक्रममा एस.ई २०८० मा उत्कृष्ठ नतिजा प्राप्त गर्न सफल निस्पक्ष मा.विका पर्बत दाहाल र माछापुच्छ्रे मा.विका सौगात रेग्मीलाई सम्मान गरिएको थियो । बिद्मालय शिक्षक,शिक्षिहरुको कुर्चि धुमाई प्रतियोगितामा शिक्षक तर्फ माछापुच्छे« मा.विका शिक्षक मिलन मजाकोटीले प्रथम, भुमेश्वर आ.विका शिक्षक नवराज गौतम द्धितिय, सारदा मा.विका शिक्षक दिपेन्द्र लम्सालले तृतिय पुरस्कार प्राप्त गरे । शिक्षिका तर्फ जनजागरण आ.वि शिक्षिक डिलमाय ढकाल प्रथम, अन्नपुर्ण आ.वि शिक्षिका बुद्धि कुमारी गुरुङ द्धितिय र जनकल्यण आ.वि कि शिक्षिका रुपा अधिकारी तृतिय पुरस्कार प्राप्त गरे ।

माछापुच्छ्रे गाउँपालिका बाल सन्जालका अध्यक्ष आसिक परियारको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत प्रशासकिय अधिकृत गोपिकृण्ण अर्याल र संचालन महिला तथा बालबालिका शाखा प्रमुख ज्योति पौडेलले प्राप्त गरे ।

  • २९ भाद्र २०८१, शनिबार २१:२३ प्रकाशित