रत्नज्योति माविमा कक्षा ११ का विद्यार्थीलाई स्वागतसहित विविध कार्यक्रम

केन्द्रभाग मिडिया

पोखरा ।

रत्नज्योति माध्यमिक विद्यालयले कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूलाई बालदिवसको अवसर पारेर एक विशेष समारोह बीच स्वागत गरेको छ । पोखरा महानगरपालिका वडा नं. ८ रत्नचोकमा रहेको सो विद्यालयका कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूको आयोजनामा शनिबार स्वागत कार्यक्रम भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि बरिष्ठ साहित्यकार प्राज्ञ सरूभक्त श्रेष्ठले विद्यार्थीको रूची, चाख तथा उनीहरूलाई उपयुक्त हुने पेशा, व्यवसाय वा सीपको खोजी गर्न विद्यालय विश्व विद्यालय तथा अग्रजहरूको जरुरत रहेको बताए । आफुभित्र रहेको अन्तरनिहित क्षमताको खोजी नगरी वाहिरी ज्ञानको लालसाले भौतारी रहदा ज्ञानको भारीले थिचिएर हुनसक्ने सम्भावित दुर्घटनाबाट बालबालिकालाई बचाउनु पर्ने उनको भनाई थियो । उनले रत्नज्योतिका अमुल्य रत्नहरूले ज्ञानको ज्योति प्राप्त गरी सुन्दर भविश्य निर्माण गर्न सकुन भनी शुभकामना व्यक्त गरे ।

कार्यक्रममा विशिष्ट अतिथिको रूपमा मन्तव्य राख्दै पोखरा महानगरपालिका शिक्षा महासाखाका शिक्षा अधिकृत रामप्रसाद तिवारीले विद्यालयले भौतिक तथा शैक्षिक क्षेत्रमा गरेको विकासको प्रशंसा गरे । लामो शैक्षिक अनुभव प्राप्त गरेका विभिन्न विषयका विज्ञ रोष्टर शिक्षकहरूको समूहले सञ्चालन गरेको विद्यालयले आउने दिनहरूमा अझै उच्च स्तरको नतिजा प्राप्त गर्ने उनले बताए । उनले अन्य विद्यालयहरूलाई समेत रत्नज्योतिले नेतृत्वदायी भुमिका लिन सक्ने विश्वास रहेको धारणा राखे ।

कार्यक्रममा विद्यालयका निर्देशक तथा नेसनल प्याप्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारी, विद्यालय व्यवस्थापन समिति अध्यक्ष टुबराज वास्तोला, प्राचार्य विष्णुप्रसाद भट्टराई, +२ संयोजक भुवन सुवेदी, विद्यार्थीहरू चेतन कुमार पोखरेल र सृस्टी पौडेल लगायतले स्वागत कार्यक्रम तथा विद्यालयका समग्र गतिविधिहरूबारे मन्तव्य राखेका थिए ।

कार्यक्रममा विद्यालयको कक्षा +२ कार्यक्रम सञ्चालनमा विशेष योगदान पु¥याएका शिक्षक इश्वरी प्रसाद अधिकारी र प्रविण ढकाल तथा विद्यार्थीहरू युवराज गुरूङ र आकृती नेपालीलाई सम्मान गरिएको थियो ।

कक्षा १२ का विद्यार्थी प्रतिक सुवेदीको अध्यक्षता तथा विद्यार्थी आयुस सापकोटाको सञ्चालनमा भएको कार्यक्रममा विद्यार्थीहरू सृस्टी पौडेल, आकृती पौडेल, पूर्णिमा केसी, ममता छन्त्याल, रञ्जना थापा, सुमिना कार्की, आकृती सुनार, अन्जु भट्टराई, तमन्ना नेपाली, योगेश पुन, किरण तामाङ, प्रशान्त लामा, सुसान्त नेपाली, सागर गुरूङ, सुजित योगी, विशाल गुरूङ, एजिना छन्त्याल, अपुन्ना गुरूङ, मिलन थापा, आशिका श्रेष्ठ, अमृत सुनार, प्रज्वल बुढाथोकी, डोल्मा लामा, पुनम रसाइली लगायत विद्यार्थीहरूले आफ्ना प्रतिभाहरू प्रस्तुत गरेका थिए ।

  • २९ भाद्र २०८१, शनिबार २१:२५ प्रकाशित