पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट हाल सम्म ७ वटा अन्तराष्ट्रिय उडान

केन्द्रभाग मिडिया

pokhara airport

पोखरा ।
सञ्चालनको दुुइवर्ष पुुग्नै लाग्दा पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट हाल सम्म ७ वटा अन्तराष्ट्रिय उडान भएका छन । चीन सरकारको २२ अर्ब सहुलियत ऋण अनुदानमा बनेको पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट हाल सम्म ७ वटा अन्तराष्ट्रिय उडान भएका हुन ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको सरकारको नीति तथा कार्यक्रमको वार्षिक प्रगति प्रतिवेदन (आव २०८०/८१) अनुसार दुई वर्ष पुग्नै लाग्दा जम्मा ७ वटा अन्तर्राष्ट्रिय उडान भएको पाइएको हो ।

पोखरा अन्तराष्ट्रिय विमानस्थलको २०७९ पुस १७ गते उद्घाटन गरिएको थियो । दैनिक ६ वटा अन्तर्राष्ट्रिय उडान गर्ने लक्ष्यका साथ उक्त विमानस्थल निर्माण गरिएको थियो ।

तर आर्थिक वर्ष २०७९/८० को पुसदेखि असार मसान्तसम्ममा २ वटा अन्तर्राष्ट्रिय उडान भएका छन् । गत आर्थिक वर्ष २०८०/८१ मा ५० अन्तर्राष्ट्रिय उडान गर्ने लक्ष्य राखिएकोमा जम्मा पाँचवटा उडान भएका छन् ।

  • २९ भाद्र २०८१, शनिबार १२:२२ प्रकाशित