गण्डकी प्रदेशको प्रेस रजिस्टारमा विमला भण्डारी नियुक्त

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरा । गण्डकी प्रदेशको प्रेस रजिस्टारमा विमला भण्डारी नियुक्त भएकी छन् । नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष समेत रहेकी उनलाई शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले रजिस्टारमा नियुक्त गर्ने निर्णय गरेको हो ।

प्रेस रजिस्टार छनोटका लागि प्रदेश सरकारले दरखास्त आह्वान गरेकोमा पाँच जना पत्रकारले दरखास्त दिएका थिए । त्यसमध्य प्रस्तुतिकरणका आधारमा  तीनजनाको नाम सिफारिस भएको थियो ।

सरकारका प्रवक्ता समेत रहेका अर्थमन्त्री डा. टकराज गुरुङको संयोजकत्वमा गठित तीन सदस्यीय समितिले तीन जनाको नाम सिफारिस गरेकोमा मन्त्रिपरिषद बैठकले भण्डारीलाई रजिष्टार नियुक्त गर्ने निर्णय गरेको हो । भण्डारीको कार्यअबधी चार वर्षको हुनेछ ।

 

 

  • २९ भाद्र २०८१, शनिबार ०९:२९ प्रकाशित