काठमाडौं ।
नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गरेको स्पोर्टस अवार्डमा महिलातर्फ करातेकी एरिका गुरुङ र पुरुषतर्फ क्रिकेटर रोहितकुमार पौडेल वर्ष उत्कृष्ट खेलाडी घोषित भएका छन । स्पोर्टस अवार्डमा १९औं एसियाली खेलकुदमा रजत पदक विजेता एरिकाले फुटबलकी साबित्रा भण्डारी, क्रिकेटकी रुबिना क्षेत्री, एथलेटिक्स सन्तोषी श्रेष्ठ र कबड्डी मेनुका राजवंशीलाई पछाडि पार्न सफल भइन ।
पुरुष क्रिकेट टिमका कप्तान रोहितले क्रिकेटकै दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, करातेका मोहम्मद सेखु आलम, फुटबलका अनन्त तामाङ र गल्फका सुवास तामाङलाई पछाडि पारे । उत्कृष्ट खेलाडीद्वय एरिका र रोहितले अवार्डसँगै मोटरसाइकल पाए ।
भलिबलकी कविता भट्टले पिपुल्स च्वाइसको अवार्ड जितिन् । कविताले सर्वाधिक ५६ प्रतिशत मत प्राप्त गरिन् । मनोनयनमा कबड्डीकी मानमती बिष्ट, फुटबलकी प्रीति राई, रग्बीका श्रीराम श्रेष्ठ र क्रिकेटका गुलसन झा थिए । पिपल्स च्वाइस विजेता कविताले पनि अवार्डसँगै मोटरसाइकल पाएकी छिन् ।
वर्ष उत्कृष्ट प्रशिक्षक करातेका कुशल श्रेष्ठ घोषित भए । भारोत्तोलनका हेमन्त पाल युवा वर्ष खेलाडी घोषित भए । एनएसजेएफ पारा एथ्लिट अवार्डबाट पलेशा गोवर्धन सम्मानित भइन् । लाइफ टाइम एचिभमेन्ट अवार्ड नेपाल क्रिकेट संघ (क्यान) पूर्वअध्यक्ष विनयराज पाण्डेले प्राप्त गरे भने स्पेसल अवार्डबाट भलिबलका प्रशिक्षक कुमार राई सम्मानित भएका छन् ।
१९औं एसियाली खेलकुदमा नेपाललाई कांस्य पदक दिलाउन सफल महिला कबड्डी टोलीले टिम अफ दी इयरको अवार्ड प्राप्त ग¥यो । लाइफ टाइम एचिभमेन्ट अवार्ड, स्पेशल अवार्ड र पारा एथ्लेटिले अवार्डसँगै जनही एक लाख रुपैयाँ पुरस्कार प्राप्त गरे ।