नेपाल आयल निगममा रोजगारीका लागि दरखास्त आह्वान

केन्द्रभाग मिडिया

काठमाडौँ ।

नेपाल आयल निगम लिमिटेडले विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ । आज एक सूचना प्रकाशित गर्दै निगमले लोकसेवा आयोगबाट परीक्षा लिने गरी कर्मचारी माग गरेको हो् ।

खुला प्रतियोगिताद्वारा छनोट गरी स्थायी रूपमा पूर्ति गरिने भएकोले इच्छुक योग्य नेपाली नागरिकले अनलाइनमार्फत २१ दिनभित्र आवेदन दिन सक्ने सूचनामा उल्लेख छ ।

दोब्बर दस्तुर तिरी म्याद सकिएको मितिले ७ दिनभित्र दरखास्त फाराम पेस गर्नु सकिने निगमले जनाएको छ ।

  • २८ भाद्र २०८१, शुक्रबार ०९:१० प्रकाशित