पोउवाको महाधिवेशन आजदेखि

केन्द्रभाग मिडिया

पोखरा।

पोखरा उद्योग वाणिज्य संघको ३५ औँ महाधिवेशन शुक्रबारदेखि सुरु हुँदैछ ।

महाधिवेशनको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्घाटन गर्ने भएका छन् ।महाधिवेशन २ दिन चल्ने भएको छ ।

महाधिवेशनले नयाँ कार्यसमिति चयन गर्ने भएको छ। हरेक २ वर्षमा हुने चुनावमा यसपालि अर्जुन पोखरेल प्यानल चुनावी मैदानमा छ । संघका पूर्व महासचिव समेत रहेका उनी अघिल्लो पालि पनि अध्यक्षका प्रत्यासी थिए । उनका प्रतिस्पर्धी हालका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्की छन् । पोखरेल प्यानलबाट केही उम्मेदवार निर्विरोध भइसकेका छन् ।

उत्तममान बुद्धाचार्य (वरिष्ठ उपाध्यक्ष), दिनेशचन्द्र बास्तोला (उद्योग उपाध्यक्ष), बलराम आचार्य (उपाध्यक्ष वाणिज्य), शोभा गौतम (महासचिव), मनोजकुमार श्रेष्ठ (कोषाध्यक्ष) पदमा निर्विरोध भइसकेका छन् । कार्यसमिति सदस्यमा बन्दना केसी (कर्पोरेट
सदस्य), एकनारायण गौतम (औद्योगिक सदस्य), राम कँडेल (कर्पोरेट सदस्य) मा निर्विरोध भए ।

७० औँ वार्षिक अधिवेशन तथा ३५ औँ महाधिवेशनको पहिलो दिन उद्घाटन समारोहसँगै महासचिवबाट वार्षिक प्रतिवेदन प्रस्तुत,कोषाध्यक्षबाट आव २०८१÷८२ को अनुमानित आयव्यय प्रस्तुत,लेखापरीक्षण प्रतिवेदन प्रस्तुत,छलफल र पारित हुने विषय तय भएका छन् ।

  • २८ भाद्र २०८१, शुक्रबार ०७:१२ प्रकाशित