लागू औषध कारोबारको आरोपमा पूर्व सांसद ढाका कुमार श्रेष्ठ प्रक्राउ

केन्द्रभाग मिडिया

पोखरा ।
लागू औषध बिक्री वितरण गरेको कसूरमा पूर्व सांसद ढाका कुमार श्रेष्ठलाई कास्की प्रहरीले नियन्त्रणमा लिएको छ । पोखराको पृथ्वीचोकमा दिया फार्मेसीका संचालक समेत रहेका श्रेष्ठले लागूऔषध बिक्री वितरण गरेको कसूरमा बिहीबार कास्की प्रहरीले पक्राउ गरी अनुुसन्धान प्रकृया अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त सूचना अधिकारी अविनाश दीप जिसीले जानकारी दिए ।

निमित्त सूचना अधिकारी जिसीका अनुसार गत साउन ३ गते पोखरा २ बाग्लङ बसपार्कबाट रोल्पा त्रिवेणी गाउँपालिका ७ घर भइ पोखरा ४ नालामुख बस्ने ४२ वर्षिय प्रकाश थापा मगरलाई लागूऔषध टुु«पेन टेपान्टाडोल ९७ चक्की सहित पक्राउ गरी लागू औषध सम्बन्धी मुद्धामा अनुसन्धान भइरहेकोमा निज मगरले उक्त लागू औषध पोखरा ९ पृथ्वीचोकमा रहेको दिया फार्मेसीबाट खरिद गरी ल्याएको भनी अदालतमा बयान दिएपछि कास्की प्रहरीले जिल्ला अदालत कास्कीबाट पक्राउ अनुमति लिइ पूर्व सांसद समेत रहेका फार्मेसीका सञ्चालक पोखरा २४ का ढाका कुमार श्रेष्ठलाई पक्राउ गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको हो ।

  • २८ भाद्र २०८१, शुक्रबार ०६:२१ प्रकाशित