आज युरोको भाउ बढ्यो, डलर कति छ ? (सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा ।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज युरोको भाउ बढेको छ ।

आज युरो एकको खरिददर १४८ रुपैयाँ १९ पैसा र बिक्रीदर १४८ रुपैयाँ ८४ पैसा छ । हिजो युरो एकको खरिददर १४७ रुपैयाँ ९५ पैसा र बिक्रीदर १४८ रुपैयाँ ६२ पैसा थियो । आज डलर एकको खरिददर १३४ रुपैयाँ ०७ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६७ पैसा रहेको छ ।

आज पाउण्ड एकको खरिददर १७५ रुपैयाँ ५२ पैसा र बिक्रीदर १७६ रुपैयाँ ३० पैसा छ । १० जापानी येनको खरिददर ९ रुपैयाँ ४६ पैसा र बिक्रीदर ९ रुपैयाँ ५० पैसा छ । भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ८५पैसा र बिक्रीदर १८ रुपैयाँ ९४ पैसा छ ।

साउदी रियालको खरिददर ३५ रुपैयाँ ७३ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८९ पैसा छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ७७ पैसा र बिक्री दर ३६ रुपैयाँ ९४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

मलेसिया रिंगिट १ को खरिददर ३० रुपैयाँ ९६ पैसा र बिक्रीदर ३१ रुपैयाँ १० पैसा रहेको छ ।

  • २७ भाद्र २०८१, बिहीबार ०९:२४ प्रकाशित