गण्डकीसहित यी पाँच प्रदेशमा हावाहुरीसहित भारी वर्षाको सम्भावना

केन्द्रभाग मिडिया

पोखरा ।
हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा वर्षा भइरहेको छ ।

दिउँसो सुदुरपश्चिम प्रदेशमा साधारणतया देखी पूर्णतया बदली र बांकी प्रदेशहरुमा आंशिक देखि साधारणतया बदली रहने छ । सुदुरपश्चिम प्रदेशका धेरै तथा बांकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा हावाहुरी सहित भारी वर्षाको पनि सम्भावना रहेको छ ।

राति सुदुरपश्चिम प्रदेशमा साधारणतया देखी पूर्णतया बदली र बांकी प्रदेशहरुमा आंशिक देखि साधारणतया बदली रहने छ । सुदुरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ ।

गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हावाहुरी सहित भारी वर्षाको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा धेरै भारी देखी अति भारी वर्षाको सम्भावना छ ।

  • २७ भाद्र २०८१, बिहीबार ०७:१० प्रकाशित