युवा नेता पौडेललाई पत्नी शोक

केन्द्रभाग मिडिया

पोखरा  ।

नेकपा एकिकृत समाजवादीका युवा नेता प्रदीपराज पौडेललाई पत्नी शोक परेको छ। नेकपा एकिकृत समाजवादी पोखरा १९ का अध्यक्ष पौडेलका ३४ वर्षिय पत्नी गंगा काफ्ले पौडेलको मंगलबार साँझ निधन भएको हो।केही दिनदेखि अस्वस्थ पौडेलको अल्पायुमै निधन भएको हो।

स्वर्गीय पौडेलको बुधबार विहान स्थानीय गोस्तेघाटमा अन्यष्टी गरिएको छ। स्वर्गीय पौडेलको पार्थिव शरीरमा जेष्ठ छोरा अभिषेक पौडेलले दागबत्ती दिएका थिए। यसअघि पौडेलको पार्थिव शरीरमा स्थानीय वासिन्दाले अन्तिम स्रदान्जली व्यक्त गरेका थिए। स्वर्गीय पौडेलले घार्मीको सामाजिक विकासमा निकै ठूलो योगदान पुर्याएकी थिईन ।

स्वर्गीय पौडेलका श्रीमान र २ छोरा छन्।यसैविच स्वर्गीय पौडेलको निधनप्रति नेकपा एकिकृत समाजवादी पोखरा १९ ले दुख व्यक्त गरेको छ।

  • २६ भाद्र २०८१, बुधबार २०:३९ प्रकाशित