सडक यातायात व्यवसायिक पत्रकारिता पुरस्कारबाट सापकोटा सम्मानित

केन्द्रभाग मिडिया

पोखरा  ।

पोखरा यातायात प्रा.लि.ले प्रदान गर्दै आएको सडक यातायात व्यवसायिक पत्रकारिता पुरस्कार २०८१ बाट प्रकाशचन्द्र सापकोटा सम्मानित भएका छन । प्रा.लि.को छैठौं वार्षिक साधारण सभामा सापकोटालाई सम्मान गरेको हो । उक्त पुरस्कारको राशि २५ हजार र सम्मान पत्र रहेको छ ।

नेपाल पत्रकार महासंघ कास्कीकी अध्यक्ष विमला भण्डारी संयोजक रहेको पत्रकार पुरस्कार छनौट उपसमितिले सापकोटालाई पुरस्कृति गर्न सिफारिस गरेको हो । सापकोटालाई कार्यक्रमका प्रमुख अतिथी नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँर, वरिष्ठ उपाध्यक्ष सरोज सिटौला र पोखरा यातायात प्रा.लिका अध्यक्ष देउ प्रसाद गुरुङले नगद सहित सम्मान पत्र र दोसल्ला ओढाई सम्मान गरेका थिए ।

विगत दुई दशक देखि पत्रकारितामा सक्रिय पत्रकार सापोकाटा आदर्श समाज, राष्ट्रिय समाचार समिति टि टिभि, समाधान हुदै हाल राष्ट्र न्यूज डटकम र रेडियो हेमजामा आवद्ध छन । यसैगरी छैटौ साधारण सभाको अवसरमा असल चालक तर्फ ग १ ख ३८८७ का चालक सूर्य रानाभाट, असल सहचालक तर्फ ग १ ख ६९७१ का सहचालक कमल गुरुङ, पुरानो व्यवसायी ग १ ख ५२५३ र ग १ ख ३९८९ का सवारी धनी भेषबहादुर कुँवर, कर्मचारी तर्फ ध्रुव पुलामी मगर सम्मानित भएका छन ।

त्यस्तै दश जोड दुई बाट उत्कृष्ट हुने शेयर सदस्य तर्फ ग १ ख ६९५१ की मायाँ विक कि छोरी सोनिया विक र कर्मचारी तर्फ लेखा प्रमुख निर्देशक कुमार चुल्याजुका छोरा अभिनव कुमार चुल्याजुलाई सम्मान गरिएको थियो । यसअघि कार्यक्रममा बोल्दै प्रमुख अतिथी नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले निजि क्षेत्रले गरेको लागानिलाई नेपाल सरकारले नजर अन्दाज गर्न नुहने बताए । वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले व्यवसायीलाई विना योजना प्रालिमा जान वाध्य बनाएको बताए ।

सम्मानित पत्रकार प्रकाशचन्द्र सापकोटा यस्ता खालका पुरस्कारले पत्रकारलाई काम गर्न थप उर्जा मिल्ने बताए ।पोखरा यातायात प्रालिका अध्यक्ष देउ प्रसाद गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष ऐनकुमार शाही, नेपाल पत्रकार महासंघ कास्कीकी अध्यक्ष विमला भण्डारी, पोखरा यातायात प्रा.लिका सल्लाहाकर वसन्त कुमार प्रधान, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकी प्रदेश सचिव तथा पृथ्वी राजमार्ग वस सञ्चालक कम्पनीका अध्यक्ष योगेन्द्र बहादुर केसी, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ कास्कीका अध्यक्ष कृष्ण प्रसाद ढु·ाना, नेपाल यातायात मजदुर संघ गण्डकीका अध्यक्ष विष्णु खत्री, पोखरा यातायात प्रा.लिका प्रवन्ध निर्देशक देवि प्रसाद कुइकेल, कम्पनी सचिव जिवन प्रसाद पौडेल लगायतले बोलेका थिए ।

 

  • २६ भाद्र २०८१, बुधबार २०:३५ प्रकाशित