पोखरा घुम्न आएका भारतीय नागरिकको पौडी खेल्ने क्रममा ज्यान गयो

केन्द्रभाग मिडिया

Symbolic picture

पोखरा ।

पोखरामा पौडी खेल्ने क्रममा डुबी एक जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा भारतीय नागरिक रहेको प्रहरीले बताएको छ ।

हिजो (मंगलबार) दिउँसो करिब १ बजेर ३० मिनेटको समयमा पोखरा महानगरपालिका वडा नम्बर १७ पावरहाउस स्थित पावरहाउस रिसोर्टमा बसेका भारतीय पर्यटकको स्वीमीङ पुलमा पौडी खेल्ने क्रममा डुबी ज्यान गएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

प्रहरीको अनुसार ज्यान गुमाउनेमा भारत उत्तर प्रदेश लखनउका २३ वर्षीय देवान सिहं रहेका छन् । उनी हिजो(मंगलबार भदौ २५ गते) मात्रै पोखरा घुम्नका लागि आएका थिए ।

पावरहाउस रिसोर्ट भित्र रहेको स्वीमिङ पुलमा पौडी खेल्ने क्रममा अचानक पानीमा डुबेको अवस्थामा देखी उनका साथीले तत्काल पानीबाट निकाली उपचारको लागि गण्डकी मेडिकल कलेज पुराएकोमा ३ बजेर ५२ मिनेटको समयमा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।

मृतक सिहंको शव पोष्टमार्टम पश्चात मृतका बुबा बाबा रुकमेन्द्र प्रताब सिंहले भारत लगेको प्रहरीले जनाएको छ ।

  • २६ भाद्र २०८१, बुधबार १६:१६ प्रकाशित