पोखरा ।
पोखरामा क्रियाशील पत्रकार द्वय परशुराम शर्मा र अमृत सुवेदी सम्मानित भएका छन् । पत्रकार द्वय शर्मा र सुवेदीलाई नेपाल हवाई खेलकुद संस्था (ना) ले आफ्नो २१ औ वार्षिक साधारणसभा एवं १० औ अधिवेशनको अबसरमा सम्मान गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापा, नाका अध्यक्ष सुनीलबहादुर भट्टराई, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी लगायतले दोसल्ला, सम्मान पत्र र नषदसहित सम्मान गेरका हुन् ।
विगत दुई दसक देखि पत्रकारितामा कृयासिल पत्रकार शर्मा नृपाल टेलिभिजनको सम्बाददाता हुन् भने, बिगत डेढ दसकदेखि कृयासिल पत्रकार सुवेदी हाल अनलाइन खबरको गण्डकी ब्युरो प्रमुख हुन् ।














