काठमाडौं ।
सरकारले अब सरकारी कार्यालयहरुमा खाजा खाने समय घटाएको छ ।
खाजा खाने समयमा सेवाग्राहीका काम रोकिएको गुनासो आएपछि सरकारी कार्यालयहरुको खाजा खाने समय आधा घण्टामा झारिएको प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।
अबदेखि सरकारी कार्यालयमा खाजा खाने समय १ः३० बजेदेखि २ बजेसम्म हुने उनले उल्लेख गरेका छन् ।त्यस्तै, उनले खाजा खाने क्रममा नियम उल्लंघन गरेको पाइएमा हेल्लो सरकारमा गुनासो गर्न पनि आग्रह गरेका छन् ।
‘खाजा पनि खानु पर्छ, तर खाजा खाने नाममा धेरै समय कार्यालयको काम रोकिनु हुँदैन’, उनले लेखेका छन्, ‘ कार्यालयको खाजा समयबारे यदि यस नियमलाई उल्लंघन गरेको पाइएमा हेल्लो सरकारमा कम्प्लेन गर्न अनुरोध छ।














