विराटनगर ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बङ्गलादेशको उदाहरण दिएर आफूले गलत नबोलेको बताएका छन् ।विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रचण्डले दुईतिहाइ बहुमत छ भनेर सरकारले जे पायो त्यही नगरोस् भन्ने खबरदारी गरेको स्पष्ट पारे ।
‘बङ्गलादेशमा पनि दुईतिहाइको सरकार थियो, यो सरकारले पनि दुईतिहाइको आडमा जे पायो त्यही नगरोस् भनेको हो,’ उनले भने, ‘बङ्गलादेशको विषयलाई लिएर मैले उग्र बोलेको छैन ।’ प्रधानमन्त्री केपी शर्मा ओलीको ब्यवहार नै असभ्य भएको आरोप लगाउँदै उनले ओलीले लगाएको आरोपको प्रतिवाद गरे ।
प्रधानमन्त्री ओलीले प्रचण्डले असभ्य व्यवहार गरेको भन्दै लगाएको आरोपबारे सञ्चारकर्मीले सोधको प्रश्नमा उनले व्यवहार हेर्न सुझाव दिए ।