जाजरकोटमा पहिरोले पुरिदाँ दुई जना बेपत्ता

केन्द्रभाग मिडिया

काठमाडौं ।

जाजरकोटको बारेकोट गाउँपालिका–६ धुमामा पहिरो खस्दा दुई जना पुरिएका छन् । बारेकोट गाउँपालिका–६ की वडा सदस्य प्रेमकुमारी र उनका श्रीमान् मानबहादुर चलाउने पुरिएका हुन् ।

गएराति २ बजे खसेको पहिरोमा पुरिएकी चलाउनेकी ११ वर्षीया छोरी सम्झनाको घाइते अवस्थामा उद्धार गरी अस्पताल पुर्‍याएको वडाध्यक्ष डम्बरबहादुर महताराले जानकारी दिइन्। पुरिएका चलाउने दम्पतीको उद्धारमा स्थानीय प्रहरी जुटेको भए पनि सफलता प्राप्त नभएको उनले बताए ।

  • २३ भाद्र २०८१, आईतवार ०९:११ प्रकाशित