हेमजा तीज मेलामा कमल जौशी समुह प्रथम

केन्द्रभाग मिडिया

पोखरा ।
नेपाली महिलाहरुको महान पुर्व हरितालिका तिजको अवसरमा आयोजित हेमजा तीज मेला २०८१ मा कमल जौशी समुह प्रथम भएको छ । द्धितिय स्थान देउराली आमा समुह र तृतिय स्थान शान्ति आमा समुहले साथै जन कल्याण र राधाकृण्ण आमा समुहले सान्तवनमा चित्त बुझाए । प्रथम, द्धितिय, तृतियले नगद २० हजार, १५ हजार, १० हजार र सान्तवना दूई समुहले नगद ५÷५ हजार र प्रमाणपत्र प्राप्त गरे । उत्कृष्ठ भेषमुषा दहरे देउराली आमा समुह, उत्कृष्ठ स्वर इन्द्रेणी आमा समुह, र उत्कृष्ठ नृत्य प्रगतीशिल आमा समुहले प्राप्त गरे ।

कार्यक्रमलाई सम्बोधन गदै पोखरा महानगरपालिका वडा न.२५ हेमजा वडा सदस्य एवं कार्यबाहक अध्यक्ष धन कुमारी प्रोख्रेल तिमिल्सिनाले कला, संकार संस्कृतिको संरक्षण प्रवद्धधन देखि लियर हेमजाका हरेक विकास गतिविधिमा महिला तथा युवाको महत्वपूर्ण भुमिका रहेको उल्लेख गरे ।

सोहि क्रममा वडाका विकास गतिविधहरुको जानकारी संगै वडास्तर बाट महिलाहरुको क्षमता विकासका लागि मदल बजाउने तालिम देखि लियर अन्य जिवन उपयोगि कार्यक्रमलाई प्राथाकितामा राखेको बताए ।विष्णुपादुका क्लबका सचिव बसन्त क्षेष्ठले विष्णुपादुका क्लब, हेमजामा रहेको सम्पुर्ण महिलाहरुसंग सम्बन्धि सघंसस्था,क्लब अथवा महिला संजाल,आमासमुह देखि लियर हरेक महिलाहरुको ससक्तिकरणका लागि कुनै पनि भौतिक,नैतिक तथा आर्थिक सहयोगका लागि सहकार्य गर्न तयार रहेको उल्लेख गरे । क्लबको भवन निर्माणको योजनामा रहेको र निर्माण कार्यको लागि आवस्यक सहजिकरणका लागि वडा कार्यलय देखी सम्पुर्ण हेमजाबासीमा एक भयर सहजिकरण लागि अगाडी बइडन अनुरोध गरे ।

क्लबले कार्यक्रमका विच हेमजामा रहेका आमा समुह, भजन समुहलाई खैजडी मुजुरा वितरण गरेको थियो ।कार्यक्रममा नेपाल पत्रकार महासंघ, केन्द्रिय सदस्य सरिता तिमिल्सिना पगेनी ,राष्ट्रिय स्वतन्त्र पाटि हेमजाका सभापति भरत अधिकारी, ने.क.पा एमाले हेमजा वडा कमिटि अध्यक्ष ऋषिराम पौडेल, मानब सेवा हेमजाका मदन थापा लगायतले शुभकामना दिएका थिए ।

  • २२ भाद्र २०८१, शनिबार १९:२० प्रकाशित