काठमाडौं ।
सरकारले टिकटकमाथि लगाइएको प्रतिवन्ध औपचारिक रुपमा हटाएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले शुक्रबार एक सूचना जारी गर्दै टिकटकमाथि लगाइएको सम्पूर्ण प्रतिवन्ध हटायएको जानकारी दिएको हो ।
प्राधिकरणले २९८१ साउन ६ गतेको मन्त्रिपरिषदको निर्णय अनुसार टिकटक खुल्ला गर्न सबै इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवा प्रदायकहरुलाई निर्देशन दिइसकेको उक्त सूचना मार्फत समेत जानकारी गराएको छ ।
यो संगै अव सम्पूर्ण नेटवर्कमा टिकटक चल्नेछ ।