मलेखुमा पहिरो, पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध

केन्द्रभाग मिडिया

File Photo

काठमाडौँ ।

पृथ्वी राजमार्गको धादिङ स्थित मलेखुमा पहिरो खसेको छ । पहिरोका कारण बेनिघाट रोराङ गाउँपालिका–३ स्थित मलेखुमा दुईतर्फी सडक आवागमन अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय धादिङकी इन्स्पेक्टर समता बस्नेले बताइन् ।

इन्स्पेक्टर बस्नेतका अनुसार जेसिबीको सहायताले राजमार्ग खुलाउने प्रयास भइरहेको छ ।

  • २१ भाद्र २०८१, शुक्रबार १०:४९ प्रकाशित