पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग खुल्यो

केन्द्रभाग मिडिया

file photo

तनहुँ ।

तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा आज बिहान गएको पहिरोले अवरुद्ध भएको पृथ्वी राजमार्ग खुलेको छ ।बिहीबार रातिदेखि परेको वर्षाका कारण गएको पहिरोले घाँसीकुवा–डुम्रे खण्ड अवरुद्ध भएको थियो ।

लेदो सहितको पहिरो हटाइएसँगै सडक सुचारु भएको प्रहरीले जानकारी दिएको छ ।

  • २१ भाद्र २०८१, शुक्रबार ०९:४६ प्रकाशित