गण्डकीसहित यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

केन्द्रभाग मिडिया

पोखरा ।

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि साधारणतया बदली छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरू र बाँकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जनसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ । देशका पहाडी भू-भागका केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना र बाँकी भू-भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

राति देशभर आंशिक देखि साधारणतया बदली रहने छ । देशका पहाडी भू-भागका केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना र बाँकी भू-भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ । बागमती र गण्डकी प्रदेशको एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

 

  • २१ भाद्र २०८१, शुक्रबार ०७:२४ प्रकाशित