श्रीकृष्ण मन्दिर रामबजारमा निःशुल्क दन्त शिविर सम्पन्न

केन्द्रभाग मिडिया

पोखरा ।
पोखरा १० मा रहेको श्रीकृष्ण मन्दिरमा आयोजित निःशुल्क दन्त शिविरमा ७५ जनाले लाभ लिएका छन । श्रीकृष्ण मन्दिर सञ्चालक समिति र श्रीकृष्ण मन्दिर आमा समुहको आयोजनामा सञ्चालित उक्त शिविरमा गण्डकी मेडिकल कलेजको प्राविधिक सहयोग रहेको समितिका अध्यक्ष विश्व तण्डुकारले वताए ।

शिविरमा विद्यार्थी देखि ज्येष्ठ नागरिकको सहभागीता रहेको थियो । कलेजका डा.कृष्ण सुवेदी, डा.एन्जीला पुन डा.संजीता ढकाल, डा.नमुना घिमिरे, डा.शंकृपा सिंग्देल, डा. शिवु पोखरेलले शिविरमा सहजीकरण गरेका थिए ।
कार्यक्रममा समितिका सचिव उत्तम गुरुङ, समुहका उपाध्यक्ष गंगा हिताङ, श्रीकृष्ण मन्दिर ज्येष्ठ नागरिक मिलन केन्द्रका संयोजक सोना गुरुङ लगायतको सहभागिता रहेको थियो ।

समितिले नेपालका चार्डपर्व देखि सामाजिक कार्यमा विभिन्न कार्यक्रमहरु गर्दै आएको अध्यक्ष तण्डुकारले जानकारी दिए ।

 

  • २० भाद्र २०८१, बिहीबार ०७:४९ प्रकाशित