‘ओली र म’ मिले सबै समस्याको समाधान हुन्छ : देउवा

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमाले र कांग्रेस मुख्य प्रतिष्पर्धी भए पनि आफु दुई जना मिलेरै सबै समस्याको समाधान गर्ने दाबी गरेका छन् ।

स्थायी सरकार बनाउनको लागि एमालेका अध्यक्ष केपी ओलीसँग सहमति गरेर आफू अगाडि बढेकाले ओली र आफु बसे सबै समस्या समधान हुने बताए । नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कर्मचारीको जुन पार्टीप्रति आस्था राख्ने भएपनि सरकारले निर्देशन मान्नुपर्ने बताए ।

उनले भने, ‘कांग्रेस र एमालेबीच विगतमा आ(आफ्नो मतभेद होलान् । यो व्यवस्थाको विषयमा कुनै मतभेद छैन । हामी मुख्य प्रतिस्पर्धी हौं, समस्याहरू आउँछन् मिलेर समाधान गर्नुपर्छ । ओली र मैले मिलेर समस्याको समाधान गर्छौँ । यो संघीय लोकतान्त्रिक गणतन्त्रलाई पनि रक्षा गर्नुछ । जुनसुकै पार्टीको सरकार भएपनि स्थायी सरकार हो ।’

उनले सरकारले दिएको निर्देशन कर्मचारीले नमाने सरकार सफल हुन नसक्ने बताए ।उनले भने, ‘हिजो को कुन पार्टीमा थियो आज कुन पार्टीमा छ भन्ने कुरा होइन । कोही कांग्रेसको समर्थक होला, कोही एमालेको समर्थक होला । कोही माओवादीको समर्थक होला । जुन पार्टीप्रति आस्था राख्ने भए पनि कर्मचारीले सरकारले दिएको निर्देशन मान्नुपर्ने हुन्छ ।’

  • १९ भाद्र २०८१, बुधबार १५:३२ प्रकाशित