किएभ ।
मध्य युक्रेनमा रहेको सहर पोल्टाभामा गरिएको रुसी क्षेप्यास्त्र हमलामा ज्यान गुमाउनेको सङ्ख्या ५१ पुगेको छ । घटनामा कम्तीमा २ सय ७१ जना घाइते भएका छन् ।
युक्रेनी अधिकारीहरूका अनुसार एउटा सैन्य एकेडेमी र नजिकैको अस्पतालमा क्षेप्यास्त्रले क्षति पुगेको छ । आक्रमणका युक्रेनी सेनाहरू पनि मारिएको त्यहाँको स्थल सेनाले जानकारी दिएको छ ।
त्यहाँको रक्षा मन्त्रालयका अनुसार हवाई हमलाको चेतावनी जारी गरिए पनि मानिसहरूले बम सेल्टरहरूमा पुग्नका लागि समय पाएनन् । राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले रुसी आक्रमणको बदला लिने बताएका छन् । मस्कोले भने आक्रमणबारे कुनै पनि प्रतिक्रिया जनाएको छैन ।