कैलालीमा सर्पले डस्दा ५ वर्षीय बालकको ज्यान गयो

केन्द्रभाग मिडिया

कैलाली ।

कैलालीमा सर्पले टोकेर एक बालकको ज्यान गएको छ । ज्यान गुमाउनेमा धनगढी उपमहानगरपालिका– ९ वनदेवी टोल बस्ने माया विकको ५ वर्षीय छोरा अरुण रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार बालक विकलाई गएराति निजकै घरमा सुतिरहेको अवस्थामा सर्पले टोकेर घाइते भएको र उपचारको क्रममा राति करिब २ बजे सेती प्रादेशिक अस्पतालमा ज्यान गएको हो ।

त्यस्तै गएराति नै सर्पले टोकेर कैलालीको गोदावरी नगपालिका– ६ लालपुरका अन्दाजी ३३ वर्षीय सागर विष्ट घाइते भएका छन् । विष्टलाई निजकै किराना पसलको घर आगनमा दाँहिने खुट्टामा सर्पले टोकी घाइते भई सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको छ ।

उनलाई कुन सर्पले टोकेको हो भन्ने जानकारी नएको र घाइते विष्टको अवस्था मध्यम रहेको जनाइएको छ ।

  • १७ भाद्र २०८१, सोमबार १६:३६ प्रकाशित