काठमाडौँ ।
नेपाली क्रिकेट टिमका सदस्य सन्दीप लामिछानेविरुद्ध सर्वोच्च जाने सरकारी वकिलको कार्यालयले निर्णय गरेको छ ।
जबरजस्ती करणीमा मुद्दा चलाउनुपर्ने रायसहित उच्च सरकारी वकिलको कार्यालयले महान्यायाधिवक्ता कार्यालयमा फाइल पठाइ सकिएको बताइएको छ। महान्यायाधिवक्ता कार्यालय उच्च स्रोतका अनुसार आइतबार उच्च सरकारी वकिलको कार्यालय पाटनले सर्वोच्चमा पुनरावेदन गर्नुपर्ने रायसहितको प्रतिवेदन र फाइल पठाएको हो ।
उच्च अदालत पाटनबाट सफाइ दिने निर्णय त्रुटिपूर्ण भएकाले बदर भई बलात्कारमा हदैसम्मको कैद, जरिवाना र क्षतिपूर्ति भराउने फैसला हुनुपर्ने माग पुनरावेदनमा गरिएको छ। यसअघि साउन ११ गते पीडित गौशाला २६ ले लामिछाने विरुद्धको मुद्दा अघि नबढाइदिन आग्रह गर्दै निवेदन दिएकी थिइन् ।
उनको निवेदनलाई पनि साथै राख्दै लामिछानेविरुद्ध एक तहमाथि ९सर्वोच्च० जानुपर्ने आधारहरू रहेको दाबी उच्च सरकारी वकिल कार्यालयले गरेको छ।














