मुग्लिन–नारायणगढ सडकमा बस र ट्रक ठोक्कियो

केन्द्रभाग मिडिया

Photo: muglin Bazzar

काठमाडौं ।

चितवनको मुग्लिन–नारायणगढ सडकखण्डको सिमलतालमा बस र ट्रक ठोक्किएका छन् ।आज बिहान ए आर ०१ टि ६३७२ नम्बरको भारतीय बस र ग २ ख ११०८ नम्बरको आएसर ट्रक आपसमा ठोक्किएका हुन् ।

दुर्घटनामा ट्रक चालक र सहचालक घाइते छन् । उनीहरुलाई उपचारका लागि भरतपुर पठाइएको छ ।बसमा सवार सबै सकुशल रहेका मुग्लिन प्रहरी प्रमुख इन्सपेक्टर निरला भण्डारीले जानकारी दिइन् ।

प्रहरीका अनुसार मुग्लिनबाट नारायणगढतर्फ गइरहेको ट्रक र नारायणगढतर्फबाट मुग्लिनतर्फ आइरहेको बस बिहान ठोक्किएका थिए ।

  • १६ भाद्र २०८१, आईतवार ०९:२० प्रकाशित