घाट्यो पेट्रोलियम पदार्थको भाउ

केन्द्रभाग मिडिया

पोखरा ।

नेपाल आयल निगमले पोट्रोलियम पदार्थको भाउ घटाएको छ । शनिबार इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार निगम सञ्चालक समितिको बैठकले शनिबार मध्यरातको १२ बजेदेखि लागू हुने गरी पेट्रोल प्रतिलिटर २ रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर १ रुपैयाँले घटाउने निर्णय गरेको हो ।

अब उपत्यकामा पेट्रोल लिटरको १ सय ६३ तथा डिजेल र मट्टितेल लिटरको उपभोक्ताले १ सय ५४ मा किन्न पाइने छ । यस्तै आन्तरिक हवाई इन्धनतर्फ प्रतिलिटर ५ तथा अन्तर्राष्ट्रिय हवाई इन्धनतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर ३७ ले घटाई बिक्री मूल्य कायम गरिएको समेत निगमले शनिबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

खाना पकाउने ग्यासको मूल्य हाललाई यथावत् राखिएको निगमले जनाएको छ ।

  • १६ भाद्र २०८१, आईतवार ०५:४८ प्रकाशित