पोखरा १ को तिज गित प्रतियोगितामा नमुना आमा समूह प्रथम 

केन्द्रभाग मिडिया

पोखरा  ।

पोखरा महानगर पालिका वडा नं.१ ले हरितालिका तीज पर्वको अवसरमा अन्तर आमा समूह तीज गीत प्रतियोगिता सम्पन्न गरेको छ।  संस्कृत माविको सहकार्यमा वडा भित्रका ११ वटा समुहले सहभागिता जनाएको प्रतियोगितामा नमुना आमा समूह प्रथम भएको छ ।

प्रतियोगितामा अभियान महिला समूह द्वितीय, अधिकारी टोल दिदी बहिनी समुह तृतीय र रत्न आमा समुहले सान्त्वना स्थान हासिल गरेका थिए । सिद्धार्थ आमा समूह नृत्य र महिला मैत्री आमा समुह भेषभुषा तर्फ उत्कृष्ट भएको वडाका सुचना अधिकारी श्रीराम पौडेलले जानकारी दिए । विजयी टोलीलाई गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सुर्य खड्का विखर्ची, वडाध्यक्ष सहारा प्रधानले पुरस्कार वितरण गरे ।

यसअघि कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का ‘विखर्ची’ले कला, साहित्यको संरक्षणले मात्र मानव सभ्यताको विकास हुने बताए । वडाध्यक्ष साहारा प्रधानले तीज पर्व नेपाली महिलाको मौलिक सास्कृतिक पर्व भएकाले, यसको मौलिकतालाई सबै पक्षले संरक्षण गर्नुपर्नेमा जोड दिए ।

वडाध्यक्ष प्रधानको अध्यक्षतामा भएको कार्यक्रममा प्राध्यापक विष्णु प्रसाद अधिकारी, लागु औषध नियन्त्रण समाज सुधार आमा समुहका अध्यक्ष कल्पना बास्तोला, वडा सचिव पोष्ट नारायण ढकाल  लगायतकाले तिज पर्वको मौलिकताको विषयमा चर्चा गरेका थिए ।

कार्यक्रममा वडा सदस्य शोभा गुरुङ, वडा कार्यालयका अधिकृत एवं सुचना अधिकारी श्रीराम पौडेललगायतले बोलेका थिए भने, कार्यक्रममा लोकदोहोरी गायक तारापति सुवेदीले आफ्ना चर्चित तीज गीत प्रस्तुत गरेका थिए ।

  • १५ भाद्र २०८१, शनिबार १८:०० प्रकाशित