प्रचण्डले बंगलादेशबाट पाठ सिक्नुपर्छ : प्रधानमन्त्री ओली

केन्द्रभाग मिडिया

 

काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले नभई बंगलादेशको पाठ पूर्वप्रधानमन्त्री एवं माओवादीका अध्यक्ष पुस्पकमल दाहाल प्रचण्डले सिक्नुपर्ने टिप्पणी गरेका छन् । शनिवार काठमाडौंमा क्याप्टेन रामेश्वर थापाद्वारा लिखित एक पुस्तकको विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

प्रचण्डले बंगलादेश र श्रीलङ्काको घटनाबाट सिक भन्ने अर्ती, उपदेश दिएको भन्दै प्रधानमन्त्री ओलीले प्रश्न गरे, ‘मैले १७ हजार मान्छे मारेको छु र खुट्टा कमाउने ?’ उनले बंगलादेशमा जे भयो नेपालमा पनि त्यही हुन नेपाल कुनै देशको फोटोकपी मेसिन नभएको बताए । वर्तमान व्यवस्था आफूहरुले लडेर ल्याएको भन्दै उनले यसको विकास र परिमार्जन गर्दै लाने जिकिर गरे ।

नेपालमा अब कुनै पनि प्रकारको हिंसा सम्भव नभएको बताउँदै ओलीले भने, ‘कसैले गर्न खोजे पनि, चाहे पनि सम्भव छैन । उल्टै हामीलाई तर्साउन खोज्ने रु हामी त सधैँ बारुदमाथि नै, बारुदका बीचमै यात्रा गरेर आएका हौं । आजदेखि होइन, आधा शताब्दीभन्दा बढी समयदेखि । म ६ दशकदेखि यही देश बनाउने अभियानमा छु ।’

उनले आफ्नो प्रधानमन्त्रीको कार्यकाल १ वर्ष १० महिना १५ दिनमात्रै बाँकी रहेको बताए । त्यसभन्दा हप्ता दिन अगाडि नै प्रधानमन्त्री पद छोड्ने बताउँदै ओलीले आफूलाई बढी प्रधानमन्त्री पद खानेभन्दा पनि समयमै हस्तान्तरण गरौं भन्ने लागिरहेको सुनाए ।

  • १५ भाद्र २०८१, शनिबार १७:५० प्रकाशित