विमाको रकम दावीको लागि पसलमा आगो लगाउने कारागार चलान

केन्द्रभाग मिडिया

पोखरा ।
विमाको रकम दावीको लागि आफ्नै पसलमा आगो लगाउने दुुइजना कारागार चलान भएका छन । कारागार चलान हुनेमा स्याङजा आँधीखोला गाउपालिका ६स्थायी घर भइ हाल पोखरा १७ ड्यामसाइड बस्ने ३७ वर्षिय सुजन गहतराज र स्याङजा पुतलीबजार ७ ठुलाडिही स्थायी घर भइ हाल पोखरा १७ बस्ने ४३ वर्षिय पवन नेपाल रहेका छन ।

पोखरा ६ लेकसाइड नारेश्वर स्थित डा. थानेश्वर पहारीको घर भाडामा लिई मुक्तिनाथ सपिङ सेन्टरका सञ्चालक स्याङजा आँधीखोला गाउपालिका ६स्थायी घर भइ हाल पोखरा १७ ड्यामसाइड बस्ने ३७ वर्षिय सुजन गहतराज र स्याङजा पुतलीबजार ७ ठुलाडिही स्थायी घर भइ हाल पोखरा १७ बस्ने ४३ वर्षिय पवन नेपालले विमाको रकम हात पार्ने उद्देश्यले सपिङ सेन्टरमा आगो लगाएका थिए ।

अपराधिक उपद्रव मुद्धा दर्ता गरी अनुसन्धान गरिएकोमा कास्की जिल्ला अदालतले शुक्रबार पुर्पक्षका लागी कास्की कारागार चलान भएको कास्की प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक बसन्त कुमार शर्माले जानकारी दिए ।

  • १४ भाद्र २०८१, शुक्रबार १९:४७ प्रकाशित