कांग्रेस–एमाले सम्बन्धको विषयमा चलेको हल्ला निराधार : महासचिव पोखरेल

केन्द्रभाग मिडिया

पोखरा ।

नेकपा एमालेका महासचिव शंकर पोखरेलले काँग्रेस– एमालेको समीकरणका सम्बन्धमा बजारमा चलेका हल्ला निराधार रहेको बताएका छन् । एमाले गण्डकी प्रदेश कमिटीको दोश्रो बैठकलाई पोखरामा सम्बोधन गर्दै उनले यस्तो बताएका हुने ।

उनले  यो समीकरण जनतामा आशाको संचार जगाउनका लागि बनेको उल्लेख गरे । एमाले र कांग्रेसको सहकार्य देशमा उत्पन्न अराजकता र अस्थिरताको अन्त्यका लागि भएको उनको भनाई थियो ।

उनले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड अराजनीतिक र असंसदीय हिसाबले संसदमा प्रस्तुत भएको आरोप लगाए । एमालेका नेता कार्यकर्ता अराजनीतिक हुन नसक्ने भन्दै एमालेले उनले अन्य शक्तिहरूलाई पनि सुधारको बाटोमा अगाडी बढाउन भूमिका खेल्ने धारणा राखे । जनयुद्धका नाममा माओबादीका कार्यकर्ता मात्रै नभएर एमाले सहितका अन्य दलका कार्यकर्ता समेत मारिएको स्मरण गर्दै उनले हिँसालाइ शान्तिमा बदल्न एमालेले नै सबैभन्दा बढी भूमिका खेलेको उल्लेख गरे ।

महासचिब पोखरेलले आन्तरिक प्रतिष्पर्धाले पार्टी एकता बलियो बनाउनु पर्ने भन्दै आन्तरिक एकता निर्माणलाई सर्बाधिक महत्वमा राख्न आग्रह गर्दै मिसन ८४ को तयारीमा लाग्न नेता कार्यकर्तालाई उनको आग्रह थियो । एमाले जनताको रोजाइको बहुमत प्राप्त पहिलो पार्टी बनाउन नै मिसन ८४ को अभियान चलाइएको उनको बताए ।

  • १४ भाद्र २०८१, शुक्रबार १९:४७ प्रकाशित