अण्डरग्राउण्ड केवलको तामाको तार चोर्ने तीन पक्राउ

केन्द्रभाग मिडिया

पोखरा ।
कास्की प्रहरीले अण्डरग्राउण्ड पावर केवलमा लाग्ने तामाको तार चोरी गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा १४ मझेरीपाटन बस्ने २९ वर्षिय सुजन परियार, पोखरा १४ आर्मी प्लटिङ बस्ने ३७ वर्षिय बिकास खवास र पोखरा १५ खाल्टेमसिना बस्ने २६वर्षिउ निशान दर्जी रहेका छन ।

गत भदौ १२ गते रातको समयमा पोखरा १४ मझेरीपाटन गोर्खा भिलेज स्थित रहेको सिभिल हाइड्रोपावर स्टोर्सको कम्पाउण्डमा स्टोर गरी राखेको ३३ के.भी. ट्रान्समिसन लाइनमा प्रयोग हुने अण्डरग्राउण्ड पावर केवलको लागि आवश्यक पर्ने तामाको तार, आल्मोनियम अन्डरग्राउण्ड पावर केवल र जेनेरेटरको पार्टपुर्जा समेत चोरी भएको थियो ।

अन्दाजी ६लाख बराबरको सामान चोरी भएको भन्ने सूचना प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय रामबजार कास्कीबाट खटिएको प्रहरी टोलीले खोजतलास तथा अनुसन्धान गर्दै जाँदा पोखरा १४ चाउथेमा तारको बाहिरी कबर फाली तामाको तार मात्र बोरामा राख्न लागेको अवस्थामा अन्दाजी ९६के.जी. तामाको तार र ७ केजी तामाको टुक्रा झोलामा हालिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको कास्की प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक बसन्त कुमार शर्माले जानकारी दिए ।

शर्माका अनुसार पक्राउ परेका तीनै जनालाई कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी मुद्धामा पाँच दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएकोे छ ।

  • १४ भाद्र २०८१, शुक्रबार १९:३५ प्रकाशित