स्वस्थ जीवनशैली, सकारात्मक सोच, सुन्दर र रचनात्मक जीवन सम्बन्धी सचेतनामूलक तीजको गीत
स्वस्थ जीवन शैलीबारे सचेतना जगाउन ।
आज्ञा माग्छौ तीजको भाकामा गीत गाउन ।।
नमन गर्छौ सिर झुकाई दर्शक श्रोता सबैमा ।
आफ्नो स्वास्थ्य जोगाउन जागौ बेलैमा ।।
नियमित योग, ध्यान, शारीरिक व्यायाम ।
असल अभ्यास गरौं जीवन स्वास्थ्य बनाउन ।।
सकारात्मक ऊर्जा अनि ह्याप्पी हर्मोन बढाउन ।
मनोरञ्जन व्यायाम सधैँ गर्ने गरौँन ।।
रक्त सञ्चार कायम गर्न ओजन तनाव घटाउन ।
व्यायाम गरौँ हाम्रो जीवन सार्थक बनाउन ।।
योग ध्यान व्यायाम छोडी भोगतिर लाउदा मन ।
जिन्दगी छ स्वास्थ्य छैन व्यर्थ यो जीवन ।।
जति भए नि धनसम्पत्ति जाए अनि हैजेथा ।
गाह्रो हुने निको पार्न हाम्रा रोग व्यथा रोगी ।।
रोगी भई उपचारमा सक्नुभन्दा धेरै धन ।
बेलैदेखि सचेत हौ है खानपिनमा झन् ।।
चाड पर्व मान्ने न्युमा राजसी भोजन है खाँदा ।
ओजन बढ्छ पाचन मानी हुन्छ समस्या ।।
मोटो शरीर रोगको भारी हृदयघात हुने डर ।
नियमित र सन्तुलित भोजन हुन्छ स्वास्थ्यकर ।।
जीवनलाई ताजकी दिन मनमा शान्ति छरौँन ।
स्वस्थ भोजन, योग, व्यायाम गर्ने गराउन ।।
जिन्दगीको सुन्दरता संस्कारले नि देखाउँछ ।
अहङ्कार र अल्छीपनले सबै मेटाउँछ ।।
सर्वश्रेष्ठ प्राणी मानव मानवता हाम्रो धन ।
नैतिकता र इमान्दारी भुल्ने हुन्न झन् ।।
सकारात्मक सोचले धेरै खुसी मिल्छ जीवनमा ।
कसैप्रति बैरभाव नलिउँ यो मनमा ।।
आफू पनि हाँसौँ यहाँ अरुलाई नि हँसाउँ ।
एक आपसमा खुसी साट्ने बानी बसाउँ।।
स्वास्थ्य बनोस् तन सबको धन्य बनोस् जीवन ।
ऊर्जा छाओस् जीवनभरि शुभकामना ।।
धन्यवाद