पोखरा पर्यटन परिषदको अध्यक्षमा तारानाथ अधिकारी

केन्द्रभाग मिडिया

पोखरा ।
पोखरा पर्यटन परिषदको अध्यक्षमा तारानाथ अधिकारी निर्वाचित भएका छन । परिषदको २४ औं साधारण सभा तथा १३ औं अधिवेशनबाट पहारीको नेतृत्वमा नया कार्यसमिति चयन भएको हो । पहारीले गाउँ पर्यटन प्रवद्र्धन (भिटोफ) बाट प्रतिनिधित्व गर्छन । महासचिवमा नेपाल पर्वचारोहण संघ गण्डकीका पूर्वअध्यक्ष जीवन सापकोटा निर्वाचित भएका छन ।

परिषदको प्रथम उपाध्यक्षमा ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल गण्डकीका पूर्वअध्यक्ष हरि भुजेल, द्वितीय उपाध्यक्षमा रेस्टुरेन्ट एण्ड बार एसोसिएसन पोखराका पूर्वअध्यक्ष चौबहादुर गुरुङ निर्वाचित भए । सचिवमा ट्रेकिङ इक्युपमेन्ट सप एशोसिएसन (टेसा) पोखराका पूर्वअध्यक्ष नारायण सुवेदी, कोषाध्यक्षमा नेपाल एसोसिएसन अफ ¥याफ्टिङ एजेन्सिज (नारा) का पूर्वअध्यक्ष निमबहादुर मगर र सहकोषाध्यक्षमा नेपाल टुरिजम पर्यटक भेहिकल एसोसिएसन (एनटीभीए) गण्डकीका पूर्वअध्यक्ष बाबुराम पाण्डे निर्वाचित भएका छन् ।

सदस्यहरुमा गण्डकीलाई कार्यक्षेत्र बनाएर पोखरामा रहेका १४ वटा संस्थाका प्रतिनिधिहरु रहने छन् ।

  • १४ भाद्र २०८१, शुक्रबार १२:३७ प्रकाशित