पाँचथरमा विष्फोटक पदार्थ पड्किँदा दुई बालको ज्यान गुम्यो

केन्द्रभाग मिडिया

पाँचधर ।

पाँचथरको फालेलुङ ५ डाँडागाउँमा विस्फोटक पदार्थ पड्किँदा दुई वालकको ज्यान गुमेको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार ज्यान गुमाउनेमा ११ वर्षका दिपस्न साँवा र दुई वर्षका प्रियसा साँवा रहेका छन् ।

दिपसनको इलाम अस्पताल र प्रियसाको विएन्डसी अस्पताल विर्तामोडमा उपचारका क्रममा ज्यान गुमेको पाँचथर प्रहरी प्रमुख हेमन्त भण्डारी क्षेत्रीले बताए । हिजो डाँडागाउँस्थित आइतराज केरुङको घरमा विस्फोटक पदार्थ पड्केको हो ।

घाइते ११ वर्षका पवन राई र दिप्सन राईको अवस्था भने सामान्य रहेको छ । कस्तो विस्फोटक पदार्थ के हो भन्ने खुली नसकेको प्रहरीले जनाएको छ । अन्य विस्फोटक पदार्थ रहेको आशङ्कामा राति देखिनै उक्त क्षेत्र सिल गरेर राखिएको छ ।

  • १४ भाद्र २०८१, शुक्रबार ०८:४८ प्रकाशित