पोखरा ।
प्राइम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड ठगी कसुरमा दीपा कोइराला पक्राउ परेकी छिन । सहकारी ठगी कसुरमा पोखरा ४ की ५६ वर्षिया कोइरालालाई कास्की प्रहरीले बिहीबार पक्राउ गरी कास्की जिल्ला अदालतमा पेश गरेको कास्की प्रहरी प्रवक्ता प्रहरी नायउ उपरीक्षक बसन्त कुमार शर्माले जानकारी दिए ।
प्रवक्ता शर्माका अनुसार पोखरा ५ गैह्रापाटनमा रहेको प्राइम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका संचालक समितिका पदाधिकारीहरु समेतले निक्षेपकर्ताहरुको बचत रकम फिर्ता नगरेको, सहकारीको रकम हिनामिना, अपचलन एवं ठगी गरेको सम्बन्धमा सहकारी रविष्ट्रारको कार्यालय पोखराको पत्र जाहेरी अनुसार सहकारी ठगी कसुरमा कोइरालालाई पक्राउ गरिएको हो ।













