तिज पर्वको अवसरमा शुभकामना आदान प्रदान

केन्द्रभाग मिडिया

पोखरा ।

गण्डकी प्रदेश सभा सदस्य देवका पहारीले “तिज पर्वलाई हुँदा खाने र हुने खानेहरू बिचमा रहेको बिभेद हट्ने गरि तिज मनाउनु पर्ने” बताएकी छन । नेपाली महिलाहरूका महान चाड हरितालिका तीजको अवसरमा विहीबार नुमना आमा समुह पोखरा – ६ बैदामको १६ औ जन्मोत्सव तथा नेपाली नारीहरूको महान चाड हरितालिका तिजको शुभकामना आदान प्रदान कार्यक्रममा उनले भनिन, महिला दिदी बहिनीहरू आत्मनिर्भर बन्नु पर्दछ ।

दिदी बहिनीहरू चुला चौकामा मात्र सीमित नभई आफू आत्मनिर्भर सहित आर्थिक स्तर उकास्नका लागि व्यवसायी बन्नु पर्नेमा जोड दिइन । समाजमा रहेका कुसंस्कृति र सस्कारलाई चिर्दै मौलिकता अँगाल्दै नेपाली पन झल्कने गरि तिज मनाउन आग्रह गरिन ।

सल्लाहकार गोमा ढकालले तिज पर्व मनाउने क्रममा समाजमा हुने यदाकदा घटनाले समाजमा नकारात्मक धारणामा बन्ने गरेकाले यसलाई चिरेर अगाडि बढ्नुपर्ने उनको भनाइ थियो । अध्यक्ष जुना अधिकारीको महिला दिदी बहिनीहरूको हकहित लागि सदैव तयार रहने प्रतिबद्धता व्यक्त गर्दै दुःख , पिर मर्कालाई बिर्सने गरि रमाइलो सँग तिज पर्व मनाउनु जोड दिइन ।

सल्लाहकार गणेश पहारीले समाजमा मौलिक लोक संस्कृति जगेर्ना गर्ने र युवाहरूलाई गीत मार्फत सामाजिक सन्देश प्रवाह हुने गरि तिज मनाउन आग्रह गरे । पोखरा महानगर पालिका वडा नं– ६ महिला समन्वय सञ्जालका अध्यक्ष बविता मल्लले तिजलाई दिदी बहिनी हर बिचको मित्रताको माया बढाउने पर्वको रुपमा मनाउनु पर्ने उनको भनाइ थियो ।

संस्थापक अध्यक्ष मिठुदेवी अधिकारीले भड्किलो रहित संस्कृतिको जगेर्ना हुने गरि तिज पर्व मनाउनु पर्नेमा आफ्नो धारणा राखिन । बयोवृद्ध समाज सेवी खिनी तिमिल्सीनले उपस्थिति दिदी बहिनीहरूलाई सामाजिक संस्कारको नाममा महिला दिदी बहिनीहरू बिच हुने बिभेद बारेमा तिज गीत मार्फत आवाज उठाउन्नँ सल्लाह दिइन ।

सदस्य पवित्रा कडेलले सञ्चालन गरेको कार्यक्रममा समुहलाई सहयोग गर्नु हुने विभिन्न ब्यक्तिहरूलाई सम्मान पत्र सहित दोसल्लाले सम्मान गरिएको थियो ।

  • १३ भाद्र २०८१, बिहीबार १६:१३ प्रकाशित