दुई तिहाइको दम्भ देखाए सडकमा आउने प्रचण्डको चेतावनी

केन्द्रभाग मिडिया

File photo

काठमाडौं ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले दुई तिहाइको दम्भ देखाइरहे सडकमा आउने चेतावनी दिएका छन । सरकारको सुरुवाती दिन हेर्दा राम्रो संकेत नदेखेपछि आफूले संसदबाट बंगलादेश र श्रीलंका सम्झिन आग्रह गरेको वताउदै उनले सरकारले दम्भ देखाइरहे सडकमा आउने बताएका हुन ।

पार्टीको सुदूरपश्चिमस्तरीय परामर्श बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले दुई तिहाइको घमण्ड नगर्न आग्रह गर्दै सरकारको सुरुवाती दिन हेर्दा राम्रो संकेत नदेखेपछि आफूले संसदबाट बंगलादेश र श्रीलंका सम्झिन आग्रह गरेको र दम्भ देखाइरहे सडकमा आउने बताए ।

भ्रष्टाचार नियन्त्रण र सुशासनको पक्षमा आफ्नो नेतृत्वको सरकारले गरेको कामकारबाही नरोक्न माग गर्दै सडकमा आउने उनले बताए ।उनले संविधान संशोधन गर्ने कांग्रेस र एमालेको सहमतिमाथि समेत प्रश्न गरे । २०७२ को संविधान हेर्दा जतासुकै माओवादी देखेकाले समावेशी भनेपछि माओवादी, समानुपातिक भनेपनि माओवादी दलित महिला मुस्लिम भनेपनि माओवादी, गणतन्त्र भनेपनि माओवादी भनेपनि कसरी माओवादीलाई ठीक गर्ने भन्ने परेकाले सरकारले संविधान संसोधन गर्न लागेको उनको आरोप रहेको थियो ।

  • १३ भाद्र २०८१, बिहीबार १६:०३ प्रकाशित