बिहीबार महामन्त्रीद्वयसँग पुन छलफल गर्दै सभापति देउवा

केन्द्रभाग मिडिया

काठमाडौँ ।

नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माबिच कुरा नमिले पछि देउवाले पुन छलफल गर्ने भएका छन् ।

देउवाले बिहीबार बिहान ९ बजेका लागि महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई छलफलका लागि बोलाएका छन् । केन्द्रीय समिति बैठकमा महामन्त्रीद्वयले प्रस्तुत गरेको प्रतिवेदन परिमार्जन गराउने विषयमा छलफल गर्न देउवाले महामन्त्रीद्वयलाई बिहीबार बिहान बोलाएका हुन् ।

सभापति देउवाले मंगलबार बिहान ११ बजे छलफलमा महामन्त्रीद्वयलाई बोलाएका थिए । तर‚ सहमति जुट्न सकेन । देउवाले प्रतिवेदन परिमार्जन गर्नुपर्ने अडान राखे भने महामन्त्रीद्वयले परिमार्जन गर्न नहुने आ–आफ्ना तर्क राखेका थिए ।

आज कुरा मिल्न नसकेपछि भदौ १२ गते बस्ने बैठक भदौ १६ गतेका लागि सारिएको कांग्रेस केन्द्रीय पार्टी कार्यालयका मुख्यसचिव कार्यालयले जानकारी दिएको छ ।

  • ११ भाद्र २०८१, मंगलवार १६:५४ प्रकाशित