पोखरामा डायमण्ड मेला हुदैं

केन्द्रभाग मिडिया

पोखरा ।
पोखरामा डायमण्ड (हिरा) का गहनाको मेला हुने भएको छ । कञ्चन क्यापिटलको आयोजनामा भदौ १२ देखि १९ गतेसम्म क्रिस कञ्चन ज्वेलरी मोहोरिया टोलमा मेला हुने भएको हो ।पञ्चरत्न आभूषण प्रालि र कञ्चन ज्वेलर्ससँगको सहकार्यमा मेला हुन लागेको कञ्चन क्यापिटलका अध्यक्ष विमलमान गुभाजूले बताए । सोही अवसरमा क्रिस कञ्चन ज्वेलरीमा डायमण्डको सोरुम पनि उद्घाटन गरिने अध्यक्ष गुभाजूले जानकारी दिए ।

मेलामा डायमण्ड खरिदमा विशेष छुट दिइने उनले बताए । मेला बिहान १० बजेदेखि सुरु भएर साँझ ६ बजेसम्म सञ्चालन हुनेछ । मेलामा हिराबाट बनेका फूल, औंठी, हार, टप, झुम्का लगायतका गहनाहरु राखिने उनले सुनाए । ‘पोखरामा हामीले प्रत्येक वर्ष डायमण्ड मेला आयोजना गर्दै आएका छौं, उनले भने, ‘यो मेलाबाट डायमण्डको विशेषताको बारेमा जानकारी गराउँदै डायमण्ड खरिदमा विशेष छुटको व्यवस्था गरेका छौं । यो पटक हामीले पोखरामै सोरुमको पनि शुभारम्भ गर्दैछौं ।’

तिज तथा डायमण्डको सोरुम उद्घाटनका अवसरमा कञ्चन क्यापिटल अन्तर्गतका सबै शाखाहरुमा सुनचाँदीका गरगहनामा पनि विशेष छुट प्रदान गरिने अध्यक्ष गुभाजूले जानकारी दिए ।हिराका गहना काठमाडौंमा बढि प्रचलनमा रहेकाले पोखरामा पनि डायमण्डको गहना उपलब्ध गराउन कञ्चन क्यापिटल लागिपरिरहेको उनले बताए । ‘पोखरामा डायमण्डको सोरुम थिएन् । सबै काठमाडौं जान्थे,’ उनले भने, ‘त्यसैले यताको ग्राहकलाई पोखरामै सुविधा दिउँ भन्ने उद्देश्यले सोरुम स्थापना गरेका हौं ।’

  • १० भाद्र २०८१, सोमबार १८:५६ प्रकाशित