पाकिस्तानमा बन्दुकधारीद्धारा २३ यात्रुको हत्या

केन्द्रभाग मिडिया

काठमाडौं ।

पाकिस्तानको दक्षिण पश्चिमी बलुचिस्तान प्रान्तको राजमार्गमा बन्दुकधारीले कम्तीमा २३ जनाको हत्या गरेका छन् । यात्रुहरुलाई सवारीसाधनबाट जबरजस्ती बाहिर निकालेर बन्दुकधारीले हत्या गरेका हुन् ।

मुसाखेल जिल्लामा बन्दुकधारीहरुले बस, ट्रक र भ्यानलगायतका सवारी साधनमा यात्रा गरिरहेकाहरुलाई जबरजस्ती बाहिर निकाल्दै र उनीहरुको परिचयपत्र हेर्दै गोली हानेका हुन् । बन्दुकधारीले खास गरी पञ्जाव प्रान्तका मानिसलाई छानीछानी गोली हानेको बताइएको छ । हत्यापछि उनीहरुले सवारी साधनमा समेत आगो लगाएका छन् । घटनाको जिम्मेवारी बलोच लिबरेसन आर्मी बीएलए नामको लडाकु समूहले लिएको छ ।

करिब ३० देखि ४० जनाको बन्दुकधारी समूहले उक्त घटना गराएको एक जना वरिष्ठ स्थानीय अधिकारी नजिबुल्लाह काकरले बताएका छन् । बन्दुकधारीले पञ्जाव प्रान्तबाट आउने र त्यसतर्फ जाने गरी २२ वटा सवारी साधन रोकेर तलासी लिएको र त्यसमा यात्रा गरिरहेका पञ्जावका बासिन्दालाई छानीछानी गोली हानेको ती अधिकारीले बताएका छन् ।

  • १० भाद्र २०८१, सोमबार १६:३४ प्रकाशित