काठमाडौँको बुद्धनगरमा पुल हाउस सञ्चालकको हत्या

केन्द्रभाग मिडिया

काठमाडौँको बुद्धनगरमा खाजाघर र पुलहाउस सञ्चालक गर्दै आएका एक व्यक्तिको हत्या भएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी नवराज अधिकारीले ४० वर्षीय रुपक बान्तवाको हत्या भएको जानकारी दिए।

‘गएराति करिब १स्४० बजे उनी खाजा घरको कोठामा रहेको सोफामा घाइते अवस्थामा फेला परेका थिए,’ एसपी अधिकारीले भने, ‘उपचारको क्रममा गएराति अढाई बजे सिभिल अस्पतालमा उनको ज्यान गएको हो।’

बान्तवाले काठमाडौँ महानगरपालिका –१० शंखमुलस्थित बागमती कोरिडोरको सुकुम्बासी बस्तीमा रहेको आफ्नै २ तले घरको भुइँ तल्लामा ‘द टाइम पास स्नुकर एण्ड खाजा घर’ सञ्चालन गर्दै आएका थिए।

उनको हत्या कसले र किन गर्यो खुलेको छैन। घटनाका सम्बन्धमा जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी बृत्त नयाँ बानेश्वरबाट आवश्यक अनुसन्धान भैरहेको एसपी अधिकारीले बताएका छन् ।

  • १० भाद्र २०८१, सोमबार १०:०२ प्रकाशित