काठमाडौं ।
नेपाल साफ यु–२० च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।आइतबार एन्फा कम्प्लेक्समा पेनाल्टी सुटआउटमा भुटानलाई ४–१ गोलले हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको हो ।
निर्धारित ९० मिजेट १–१ को बराबरीमा सकिएपछि खेलको नतिजा पेनाल्टी सुटआउटबाट लिइएको हो ।पेनाल्टीसुटआउटमा नेपालका लागि राम थापा, अविनाश स्याङ्गतान, सिमान्त थापा, र जियारथ शृखले गोल गरे । भुटानका लागि जेत्सुन दोर्जीले मात्र गोल गरे ।
नेपालका गोलिकपर जियारथ शेखले भुटानका दुई पेनाल्टी रोकेका थिए ।नेपालले अब भारत र बंगलादृशबीचको दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ । फाइनल बुधबार हुनेछ