भारतको बिहारमा नेपाली तीर्थयात्री सवार बस दुर्घटना

केन्द्रभाग मिडिया

काठमाडौं ।
भारतको बिहारमा नेपाली तीर्थयात्री सवार बस दुर्घटना हुँदा ३० भन्दा बढी घाइते भएका छन । बिहारको समस्तीपुर जिल्लामा बस दुर्घटना भएको हो । दुर्घटनामा कम्तीमा ३० भन्दा बढी घाइते भएका छन् ।

नेपालको बाराबाट भारतको झारखण्डको देवघर र्तीर्थका लागि जाँदै गरेको ना ७ ख ६४४६ नम्बरको बस दुर्घटनामा परेको हो । उक्त बसलाई शनिबार राति पछाडिबाट एक ट्रकले ठक्कर दिएको र अनियन्त्रित भएर पल्टिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

भारतका विभिन्न अनलाइनहरुले लेखेका समाचार अनुसार दुर्घटनामा तीन दर्जन यात्री घाइते भएका छन् । एक किशोरसहित पाँच जनाको अवस्था गम्भीर छ । घाइतेहरुको उपचार मुसरीघरारी अस्पताल र निजी क्लिनिकहरुमा भइरहेको छ ।ठक्कर दिने ट्रकलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे अनुसन्धान भइरहेको भारतीय प्रहरीले जनाएको छ ।

  • ९ भाद्र २०८१, आईतवार १३:१५ प्रकाशित