सुनकोशीमा खसेको जिप भेटियो, जिपमा सवार तीन जना बेपत्ता

केन्द्रभाग मिडिया

काठमाडौं ।

सिन्धुलीको गोलञ्जोर गाउँपालिका–१ कुँडुलेबाट सुनकोशी नदीमा खसेको जिपलाई गोताखोरको टोलीले फेला पारेको छ । तर जिपमा सवार तीन जना भने अझै पनि बेपत्ता छन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी गोविन्द काफ्लेका अनुसार आज बिहानपख २ बजेतिर गाडि फेला पारिएको हो । ‘गाडि त भेटियो तर मान्छे अझै भेटिएका छैनन्,’ एसपी काफ्लेले भने, ‘खोजी कार्य जारी छ ।’

खोटाङको हलेसीबाट काठमाडौंतर्फ आउँदै गरेको प्रदेश ३–०१–०२३ च ६३६६ नम्बरको इसुजु गाडि शनिबार साँझ करिब साढे ५ बजेतिर सिन्धुलीको गोलञ्जोर गाउँपालिका–१ कुँडुलेबाट सुनकोशी नदीमा खसेको थियो ।

प्रहरीका अनुसार सो गाडी सुनकोशी नदीमा खस्दा भक्तपुर सूर्यविनायक नगरपालिका जगाती बस्ने ३२ वर्षीय अबिन बाके, ३० वर्षीय प्रनित स्यागु र ३७ वर्षीय बलराम घटुवा बेपत्ता छन् ।

  • ९ भाद्र २०८१, आईतवार १०:२२ प्रकाशित